वर्षाले तीन सडक पूर्ण र १२ आंशिक अवरुद्ध
वर्षाले हाल तीन पूर्ण र १२ सडक आंशिकरुपमा अवरुद्ध रहेको छ । कर्णाली राजमार्ग, साँफबगर–मार्तडी–कोल्टी सडक र बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रबेसी सडकका विभिन्न खण्डका सडक अवरुद्ध रहेका हुन् ।
कर्णाली राजमार्ग अन्तर्गत जुम्लाको सुर्कीपाखा र दादीखोलामा पहिरोका कारण सडक अवरुद्ध रहेकामा एउटा निजी सवारीसाधन भाडामा लिएर खुलाउने प्रयास भइरहेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ ।
साँफेबगर–मार्तडी–कोल्टी सडक बाजुराको अम्कोटदेखि बल्दे खण्ड अवरुद्ध रहेकामा खुलाउन उपकरण सो स्थानमा लगिएको छ । वर्षात र लेदो रोकिएपछि सोही स्थानबाट यातायात खुलाइने र वैकल्पिक बाटोका लागि सहमति जुटाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ । बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रुबेसी सडक रसुवाको बनुवामा अवरुद्ध भएकामा वैकल्पिक सडक खुलाएर साना गाडी जाने व्यवस्था मिलाइएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।
वर्षाले अवरुद्ध १२ सडकमा रहेको अवरोध हटाएर हाल एकातर्फबाट सवारीसाधन चल्नसक्ने व्यवस्था मिलाइएको छ । कोशी राजमार्ग, पृथ्वी, त्रिभुवन राजमार्ग, डुम्रे–बेशीसहर–चामे सडक, कर्णाली राजमार्ग र पुष्पलाल ९मध्यपहाडी० राजमार्गको विभिन्न खण्डमा बाढी र पहिरोका कारण अवरुद्ध बनेकामा हाल आंशिकरुपमा खुलाइएको छ ।
कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सम्माटार, पृथ्वी राजमार्गको तनहुँको साँखर ९बाँसबारी०, त्रिभुवन राजपथमा मकवानपुरको छत्तिस खोला, डुम्रे–बेशीसहर–चामे सडकअन्तर्गत लमजुङको उदीपुर, मनाङको म्यार्दी भीरमा सडक एकातर्फबाट मात्रै खुलाइएको छ । त्यस्तै, कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको फक्सिण्डा दोभानबाट बरुण खोला, तानसेन–रिडि–कोरलाअन्तर्गत मुस्ताङको काभ्रे भीर, पुष्पलाल ९मध्यपहाडी० राजमार्गअन्तर्गत बागलुङको खहरे दोबिल्ला, कर्णाली राजमार्गअन्तर्गत कालिकोटको जारकोटमा पनि आंशिकरुपमा मात्रै सञ्चालनमा छन् ।
यो वर्ष अवरुद्ध भएकामध्ये हाल एक सय १५ स्थानमा सडक दुवैतर्फ चालु भइसकेको छ । यो वर्ष २१ राजमार्गको एक सय २८ स्थानमा सडक अवरुद्ध भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र