महाकालीमा डुबेर दुई किशोरी बेपत्ता
शुक्रबार, २७ साउन २०७९, २० : ५३
महाकाली नदीमा डुबेर बैतडीकी दुई किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन् ।
उनीहरू शुक्रबार दिउँसो महाकालीको मौरामा नुहाउन गएको बेला बेपत्ता भएका आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनीहरू दिउँसो २ बजेतिर बेपत्ता भएका हुन् ।
बेपत्ता किशोरीको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक पेस
-
क–कसले गरे रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस ?
-
‘लोकतन्त्रको सर्भिसिङ र सुशासन सुरु गर्छौँ, भत्काउँछौँ राजनीतिको गठजोड’
-
गाजाबाट प्यालेष्टिनीहरूको स्थानान्तरण अस्थायी मात्रै हुन्छ : अमेरिकी विदेशमन्त्री
-
सरकारलाई प्रचण्डको प्रश्न : भ्रष्टाचार काण्डहरुको छानबिन कहाँ पुग्यो ?
-
शरीरलाई आयोडिन नुन किन आवश्यक छ ?