शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सबैको सहमतिमा नागरिकता विधेयक पारित भएको हो : गृहमन्त्री खाँण

शुक्रबार, २७ साउन २०७९, २० : ५२
शुक्रबार, २७ साउन २०७९

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक सबैको सहमतिमा पारित भएको बताएका छन् । सबै  नेपालीलाई नागरिकता पाउने सुनिश्चितता नेपालको संविधानले  गरेको बताउँदै  उनले सबैको सहमतिमा त्यो सम्बन्धी विधेयक पारित भएको बताए । 

रुपन्देहीमा कोरोना भाइरसविरुद्धको पूर्ण खोप जिल्ला घोषणा कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्दै खाँणले नेपालको नागरिकता प्राप्त नागरिकको सन्तानले नागरिकता पाउने व्यवस्था संविधानमा रहेको बताए ।  नेपाली नागरिकसँग विवाह गरेका विदेशी महिलाले चाहेमा अंगीकृत नागरिकता पाउने विषय संविधानमा उल्लेख भएको उनको भनाई छ  ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा २२ महिनासम्म सो विधेयकको बारेमा छलफल भएको  बताउँदै  उनले सर्वोच्चले यस्तो संवेदनशील विषय अध्यादेशमार्फत मात्र ल्याएर हुँदैन भनेपछि प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रक्रिया अघि बढाइएको बताए । 

रुपन्देहीलाई १२ वर्ष उमेर माथिको कोभिड–१९ विरुद्धको पहिलो श्रृंखलाको पूर्ण खोप तथा १५ महिनासम्मका बालबालिकाहरूको पूर्ण खोप दीगोपना सुनिश्चितता जिल्ला घोषणा  गरिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार जिल्लामा ८ लाख ५३ हजार ७८ जनाले पूर्ण मात्रामा खोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप