बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल भारतको सम्बन्ध आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ : उपसभामुख भुसाल

शुक्रबार, २७ साउन २०७९, २० : ३८
शुक्रबार, २७ साउन २०७९

उपसभामुख पुष्पा भुषालले  नेपाल भारतबीच रहेको परम्परागत सम्बन्धलाई आगामी दिनमा आर्थिक विकासमा केन्द्रीत गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् । रक्षाबन्धनको अवसरमा आज पर्साको वीरगञ्जमा नेपाल–भारत सहयोग मञ्चद्वारा आयोजित कार्यक्रममा उनले सामाजिक, साँस्कृतिक  र कुटनीतिक रुपमा रहेको सम्बन्ध आर्थिक क्रियाकलाप र पूर्वाधार विकासमा विस्तार गर्नुपर्ने धारणा राखे ।

भारतका सांसद एवंम् भारतीय जनता पार्टीका नेता डा.सञ्जय जयसवालले नेपाल र भारतबीचको सम्बन्ध आगामी दिनमा अझै बलियो र सुमधुर बनाउँदै लानुपर्ने धारणा राखे । मधेश प्रदेशका खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा, पूर्वमन्त्री अजय चौरसिया, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धबारे सो अवसरमा चर्चा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप