बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुसहर समुदायको ‘पान सौ टका’ छायाङ्कन हुँदै

शुक्रबार, २७ साउन २०७९, २० : २९
शुक्रबार, २७ साउन २०७९

मुसहर समुदायको पहिलो कथानक चलचित्र ‘पान सौ टका’ को छायाङ्कन सुरु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ मा आज एक कार्यक्रम आयोजना गरी चलचित्रको छायाङ्कन सुरु गरिएको हो । शिक्षाको अभावमा हुने बालविवाह, हिंसा र शोषण लगायतका विषयलाई उजागर गर्दै सशक्तीकरण गर्ने उद्देश्यका साथ चलचित्र निर्माण गर्न लागिएको हो । 

करिब १५ लाख रुपैयाँको लागतमा २ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी चलचित्रको छायाङ्कन सुरु गरिएको निर्माता तथा अभिनेता धर्मेन्द्र ऋषिदेवले बताए । उनले प्रदेश १ को मोरङ, सुनसरी र झापाका साथै मुसहर समुदायको उद्गमस्थल रहेको सप्तरीको विभिन्न ठाउँमा चलचित्र छायाङ्कनको योजना रहेको जानकारी दिए ।

निर्माण पश्चात च्यारिटी शो गरेर चलचित्र प्रदर्शनको योजना रहेको जनाइएको छ । चलचित्रको निर्देशन पुष्कर राना मगरले गरेका छन् । चलचित्रमा लक्ष्मी राई, सन्तोष ऋषिदेव र साइमन सरदारलगायतका कलाकारको अभिनय रहने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप