भदौमा ५० जिल्लाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिइँदै
कोरोनाभाइरस कोभिड–१९ विरुद्धको खोप ५० जिल्लाका ५ देखि १२ सम्मका बालबालिकालाई लगाइने भएको छ । सो उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
खोप प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, उदयपुर जिल्लामा दिइने छ । यस्तै, मधेश प्रदेशका बारा, रौतहट, सर्लाही जिल्लाका बालबालिकालाई खोप दिइनेछ । बागमती प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्यादी, पर्वत, स्याङ्जा, तनहुँका बालबालिकालाई उक्त खोप दिइनेछ ।
लुम्बिनी प्रदेशमा कपिलबस्तु, अर्घाखाँची, गुल्मी पाल्पा, प्युठान, रोल्पा, पूर्वी रुकुम जिल्लामा खोप अभियान सञ्चालन हुनेछ । कर्णाली प्रदेशका पश्चिमी रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट जिल्ला र सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुला जिल्लामा दोस्रो चरणको खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ । यी जिल्लामा दोस्रो मात्रा भाद्र २७ देखि असोज १ सम्म दिइने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूपू गोर्खाहरूको माग सम्बोधन गर्न बसेको चौथो वार्ता पनि निष्कर्षविहीन
-
काठमाडौँका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम
-
मन्त्रिपरिषद् पुनर्गठन गर्दा यस्तो बन्यो शालिकरामको टिम (सूचीसहित)
-
एसईई परीक्षामा चिट चोराएको आरोपमा दुई जना पक्राउ
-
मधेस प्रदेशमा जसपा र लोसपाबिच कस्तो छ सम्बन्ध ?
-
हामीले देशभर नै लालकिल्ला बनाउनुपर्छ : ओली