देश चरम राजनीतिक अवस्थामा जेलियो- रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश चरम राजनीतिक अवस्थामा जेलिएको बताएका छन् । शुक्रबार हेटौंडामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै उनले सानो काम देखि ठुलो काम राजनितिक दलको आडमा मात्र गर्न सकिने बताएका हुन् ।
उनले पछिल्ला दिनहरुमा राजनीतिक अस्थिरताको कारण डाक्टरले बिरामी जाँच गर्दा पनि कुन दल वा पार्टिको हो भनेर जाच गर्ने दिन आउन सक्ने बताए । सभापति लामिछाने जनतालाई विभिन्न झुठा आश्वासन देखाएर जनताको पसिनाको पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताए ।
उनले मकवानपुरमा सुरुङ मार्गको झूटा आश्वासन देखाएर पैसा खानेहरू र उद्योग कलकारखाना बन्द गर्नेहरुका खाता खोलेर हिसाब निकाल्ने समय आएको पनि बताए । उनले राम्रो कपडा बन्ने हेटौंडा कपडा उद्योग कसले बन्द गर्यो भन्ने प्रश्न गर्दै त्यसको हिसाब खोज्नुपर्ने बताए । उनले राम्रो लुगा लगाउँछु भन्दा बजार भर खोज्दा पनि नपाइने स्थिति बनेको र त्यसको हिसाब आफुहरुले गरेरै छोड्ने उनले बताए ।
‘हेटौंडा कपडा उद्योग जहाँ ११ सयभन्दा बढी मानिसहरुले रोजगारी गर्थे, तिनका परिवार आम्दानी गर्थे, परिवार चलेको थियो । उनले भने, ‘आफुले बनाउनु त कहाँ हो कहाँ अर्काले बनाइदिएको उद्योग पनि चलाउन नसकेर बन्द गरिदिए । त्यसको हिसाब खोज्न म हेटौंडामा उभिएको छु ।’
उनले हेटौंडा सिमेन्ट उद्योग पनि घाटामा गइरहँदा बन्द हुने अवस्थामा पुगेको बताए । उनले हेटौंडामै भएको निजी सिमेन्ट उद्योगहरु नाफामा जाँदा सरकारी उद्योग भने महिनामै करोडौं घाटामा जानुपर्ने कारणको खोजी गर्नुपर्ने र हिसाब गर्नुपर्ने बताए ।
त्यसको हिसाब अब आफुहरुले सिंहदरबार प्रवेश गरेपछि मात्र माग्न सक्ने भएकाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीलाई जिताएर सरकारमा पुर्याउन अनुरोध समेत उनले गरे । यसैगरी सभापति लामिछानेले बागमती प्रदेशमा एउटै प्रदेशमा १८ जना के का लागि भन्दै प्रश्न गरे ।
उनले प्रदेश सरकार राजनीतिक दलका आफ्ना र कार्यकर्ता भर्ती केन्द्र मात्र भएको काम भने केहि अघि बढ्न नसकेको बताउँदै सोच्नुपर्ने अवस्था आएको बताए । उनले मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीलाई जिताएर सरकारमा पुर्याउन अनुरोध समेत गरे । सहि नेतृत्व चुन्न सकेमात्र देश परिवर्तन गर्न सकिने लामिछानेको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागि भएनन् पुर्णबहादुर र गगन
-
भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
-
सरकारले भन्यो, ‘फास्ट ट्र्याकबाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ, शिक्षकहरु काममा फर्कनुस्’
-
कालिगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतले के भन्यो ? (पूर्णपाठ)
-
विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल