पुर्नबीमा कम्पनीको वित्तीय रिर्पोट सार्वजनिक, जीवन बीमातर्फ घाटा
नेपाल पुर्नबीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । ढिलागरी तेस्रो त्रैमासको वित्तीय रिर्पोट सार्वजनिक गरेको कम्पनीले निर्जीवन बीमातर्फ नाफा र जीवन बीमातर्फ घाटाको व्यापार गरेको जनाएको हो ।
कम्पनीका अनुसार समीक्षा अवधिका निर्जीवन बीमा व्यवसायतर्फ ६० करोड २१ लाख १७ हजार रुपैयाँ नाफा कमाउँदा जीवन बीमातर्फ २ करोड ९७ लाख ३१ हजार रुपैयाँ घाटा व्यहोर्नुपरेको हो । तर दुवै बीमा व्यवसायको तर्फबाट नाफा घाटा सन्तुलन गर्दा समीक्षा अवधिमा कम्पनीलाई ५७ करोड २३ लाख रुपैयाँ नाफा भएको बताएको छ । जुन अघिल्लो वर्षको तुलनामा ३८.१७ प्रतिशतले कम हो ।
अघिल्लो आर्थिक वर्ष कम्पनीले ९२ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो । अन्य खर्च र व्यवस्थापन खर्च बढेको हुनाले पनि यसको नाफामा केही प्रभाव परेको हो । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा निर्जीवनतर्फ ८२ करोड ४७ लाख ६५ हजार रुपैयाँ र जीवन बीमातर्फ १० करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु हो : मन्त्री भण्डारी
-
सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै
-
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
-
रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच