शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुर्नबीमा कम्पनीको वित्तीय रिर्पोट सार्वजनिक, जीवन बीमातर्फ घाटा

शुक्रबार, २७ साउन २०७९, १७ : ४०
शुक्रबार, २७ साउन २०७९

नेपाल पुर्नबीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । ढिलागरी तेस्रो त्रैमासको वित्तीय रिर्पोट सार्वजनिक गरेको कम्पनीले निर्जीवन बीमातर्फ नाफा र जीवन बीमातर्फ घाटाको व्यापार गरेको जनाएको हो ।

कम्पनीका अनुसार समीक्षा अवधिका निर्जीवन बीमा व्यवसायतर्फ ६० करोड २१ लाख १७ हजार रुपैयाँ नाफा कमाउँदा जीवन बीमातर्फ २ करोड ९७ लाख ३१ हजार रुपैयाँ घाटा व्यहोर्नुपरेको हो । तर दुवै बीमा व्यवसायको तर्फबाट नाफा घाटा सन्तुलन गर्दा समीक्षा अवधिमा कम्पनीलाई ५७ करोड २३ लाख रुपैयाँ नाफा भएको बताएको छ । जुन अघिल्लो वर्षको तुलनामा ३८.१७ प्रतिशतले कम हो । 

अघिल्लो आर्थिक वर्ष कम्पनीले ९२ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो । अन्य खर्च र व्यवस्थापन खर्च बढेको हुनाले पनि यसको नाफामा केही प्रभाव परेको हो । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा निर्जीवनतर्फ ८२ करोड ४७ लाख ६५ हजार रुपैयाँ र जीवन बीमातर्फ १० करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप