मध्यपश्चिम विश्वविद्यालयको कागजात अख्तियारको नियन्त्रणमा
शुक्रबार, २७ साउन २०७९, १६ : ३८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिम विश्वविद्यालयका कागजात नियन्त्रणमा लिएको छ । विभिन्न विषयमा उजुरी परेको भन्दै आयोगको सुर्खेत कार्यालयले विश्वविद्यालयका कागजात नियन्त्रणमा लिएको हो ।
‘नियुक्ति प्रक्रिया, छात्रवृत्ति लगायतका विषयमा उजुरी परेको थियो,’ आयोगको सुर्खेत कार्यालयका प्रमुख भोला दाहालले भने, ‘अनुसन्धान अधिकृत तोकेर अनुसन्धान प्रक्रिया सुरु भइसकेको अवस्थामा आज आवश्यक कागजात विश्वविद्यालयको केन्द्रीय कार्यालय लगायतका कार्यालयमा पुगेर नियन्त्रणमा लिएका हौं ।’
अनुसन्धानसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको तर अख्तियारले छापा नहानेको आयोगका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । उनले भने, ‘अख्तियारको नियमित प्रक्रियाअनुसार नै अनुसन्धानसँग जोडिएका कागजात अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर सहितका प्रतिवादीको निवेदनमाथि सुनुवाइ पुरा
-
कृष्ण कँडेलको फेसबुक आइडी ह्याक
-
मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल