बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा रेड पाण्डाको छालासहित ३ जना पक्राउ

शुक्रबार, २७ साउन २०७९, १६ : २०
शुक्रबार, २७ साउन २०७९

धरान उपमहानगरपालिका–१५ श्याम चोकबाट एक थान रेड पाण्डाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने मोरङ केराबारी गाउँपालिका–६ का २२ वर्षीय रोजिस राई लगायत छन् । उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

रोजिसको कोठामा रेड पाण्डाको छाला रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त रेड पाण्डाको छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप