विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ
मोरङ, बर्दिया, सिरहा र सुनसरीबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० खोर्साने चोकस्थित सेसेहाङ होटलका संचालक ४१ वर्षीय सञ्जय लिम्बुलाई गाँजासहित प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
उनको साथबाट करिब १ केजी ७ सय २० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको संयुक्त टोलीले उनलाई गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
मोरङकै पथरी शनिश्चरे नगरपालिका–३ मगरटोलबाट करिब ५ सय ७५ ग्राम गाँजासहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–२ बस्ने १९ वर्षीय सुनिल परियार र सोही नगरपालिका–३ बस्ने ३८ वर्षीय कोपिला मगर रहेका छन् ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले सुनिलको साथबाट ५० ग्राम तथा कोपिलाको साथबाट ५ सय २५ ग्राम गाँजा, नगद १२ हजार रूपैयाँ र एक थान डिजिटल तराजु फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट करिब १ ग्राम १८० मिलिग्राम ब्राउनसुगरसहित बाँके खजुरा गाउँपालिका–२ बस्ने ३४ वर्षीय नबिन थापा मगर लगायत २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सिरहाको सुखीपुर नगरपालिका–८ महदेवाटोलबाट करिब ६ सय ग्राम गाँजा र नगद २९ हजार ३०५ रुपैयाँसहित सोही ठाउँ बस्ने ६८ वर्षीय ढोढाई चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । सिरहाकै लहान नगरपालिका–२३ बाट करिब ५ सय ग्राम गाँजासहित सोही ठाउँ बस्ने ४० वर्षीय साधु महतो लगायत दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद