शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्वप्रधानमन्त्री कोइरालाको ८३ औँ जन्मजयन्ती मनाइयो

शुक्रबार, २७ साउन २०७९, १५ : ५५
शुक्रबार, २७ साउन २०७९

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको ८३ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । वि.सं १९९७  साउन २७ गते जन्मनुभएका नेपाली काँग्रेसका पूर्व सभापति एवम् विसं २०७२ को संविधान बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाले जीवनपर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुकूलको आचरण गरे । राजनीतिमा निष्ठा, इमानदारिता र सादगीको शक्ति कति हुन्छ भन्ने कुरालाई स्थापित गर्न उनको  योगदान महत्वपूर्ण थियो । स्व.नेता कोइरालाको स्मरणमा आज विभिन्न कार्यक्रम गरिने जनाइएको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेका उनले सधैँ सत्यको वकालत गर्नाका साथै सादगी जीवनयापन गरे । त्यसैको फलस्वरुप नेपाली जनताको २००७ साल देखिको चाहना बमोजिम संविधानसभाबाट संविधान बनाउने अभिभारा स्व. नेता कोइरालाको कार्यकालमा पूरा भएको थियो । संविधान जारी गर्नुहुन्न भन्ने शक्तिकेन्द्रको तीव्र दबाबका बाबजुद उनको अडानले २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । 

राजनीतिमा निष्ठा, आदर्श र सिद्धान्तको बलले नेता कोइरालाले सफलता पाएका सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फाउन्डेसनका अध्यक्ष एवं काँग्रेसका पूर्वमहामन्त्री डा.शशाङ्क कोइराला र सदस्यसचिव अतुल कोइरालाले आज जारी गर्नुभएको वक्तव्यमा आजको युगमा कोइरालाजस्ता इमानदारी र नैतिकतामा अडिग नेतृत्वको आवश्यकता रहेको उल्लेख छ ।

सरकारको नेतृत्वमा पुगेर पनि वेदाग फिर्ता हुन सक्नुले नेतृत्वगणलाई स्व.नेता कोइरालाबाट शिक्षा मिल्ने वक्तव्यमा उल्लेख छ । कोइरालाले जीवनमा पुर्याउनुभएको योगदानको सम्झनामा फाउन्डेसनले विभिन्न कार्यक्रम गर्दै आएको छ । फाउन्डेसनको संरक्षकमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप