शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मेक्सिकोमा ड्रग्स कार्टेलविरुद्ध सेनाले अभियान चलाएपछि वितण्डा

शुक्रबार, २७ साउन २०७९, १५ : ३३
शुक्रबार, २७ साउन २०७९

ड्रग्स कार्टेलसम्बद्ध बन्दुकधारीहरुले आफूहरुविरुद्ध चलाइएको सैन्य अपरेसनको प्रतिरोध साध्न पश्चिम मक्सिकोका कैयौं स्थानमा व्यापक अराजकता मच्चाएका छन् । यसमा सो क्षेत्रका कैयौं किराना पसल तथा सवारी साधनहरु जलाइए ।

तीनले जलिरहेको सवारी साधनलाई सडकमा तेर्साएर बाटो अवरुद्ध गरेका थिए । सेनाले कार्टेलका वरिष्ठ सदस्यहरूबीच बैठक हुने सुराकी पाएर त्यसविरुद्ध सैन्य अपरेसन चलाएका थिए । त्यसको बदलामा कार्टेल सदस्यहरुले हिंसात्मक कदम चलाइएको अधिकारीले बताए । समाजिक संजालमा बाहिरिएका तस्बिरहरुमा जल्दै गरेका कार, बसहरूसँगै छेउमा रहेका सशस्त्रका पुरुषहरु देख्न सकिन्छ । अन्य तस्बिरहरुमा गुआनाजुआन्तो र जलिस्को प्रान्तका कैयौं नगरमा जलेका किराना पसलहरु देख्न सकिन्छ । 

मेक्सिकोको राष्ट्रपति एन्ड्रेज म्यानुयल लोपेज ओब्रेडोरले बुधबार सेनाले ड्रग्स अपराधीहरू विरुद्ध अभियान चलाएको स्वीकारे । सैन्य कारबाही जलिस्को प्रान्तमा दुई समूहबीच हुने सोचिएको बैठकमा केन्द्रीत रहेको उनले बताए । स्थानिय मिडियाका अनुसार गुआनाजुआन्तो प्रान्तस्थित इरापुआतो, सालामान्का, सिलाओ, सेलाओ र आपासियो एल ग्रान्डे नगरमा हिंसात्मक घटना घटेका थिए । मेक्सिकोको सबैभन्दा ठूलो बोट्लीङ कम्पनी फेम्साको स्वामित्वमा रहेका चेन स्टोरहरुमध्ये गुआनाजुआतोस्थिति झण्डै २५ ओक्सो स्टोहरु आंशिक वा पूर्णरुपमा नष्ट भएको छ ।  

‘सौभाग्यवश हाम्रा सबै रोजगारदाता र ग्राहक सुरक्षित छन् ,’ कम्पनीले भने । ओक्सो स्टोर जताततै भएकाले ती निशानामा परेको, सो सस्थाविरुद्ध कार्टेलको दुस्मनी नदेखिएको सुरक्षा विज्ञले बताए । गुआनाजुआन्तोमा दुई कार्टेल समूहहरु जालिस्को र सिनालोआ कार्टेलबीचको रक्तपातपूर्ण छद्मयुद्धको केन्द्र रहेकाले त्यहाँ वर्षेनी धेरै मारिने गर्छन् । 

ड्रग्स कार्टेलका सदस्यले आफूविरुद्ध चलाएको सैन्य अपरेसनविरुद्ध जवाफी हिंसा मच्चाएको पहिलो पटक होइन । सन् २०१९ मा कुख्यात डग्स कार्टेल प्रमुख ‘अल च्यापो’ गुजम्यानको छोरा पक्राउ परे । प्रहरीले उनलाई सुरक्षित स्थानतर्फ लादैं गर्दा कार्टेल सदस्यले उत्तरपश्चिम नगरहरुमा ठूलो वितण्डा मच्चाएको थियो । जसले गर्दा सुरक्षाकर्मीहरुले गुजम्यानका छोरालाई छाड्न बाध्य भयो । गत मार्चमा उत्तरपूर्वी सहर नुएभो लारेदोमा एक डग्स लर्ड पक्राउ परेपछि बन्दुकधारीले सुरक्षाकर्मीलाई निशाना बनाएका थिए । तर तीनलाई तत्काल अमेरिकालाई हस्तान्तरण गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप