बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनीमा गठबन्धन दलको बैठक : आ-आफ्नो पार्टीको रिपोर्ट पेस गर्ने निर्णय

शुक्रबार, २७ साउन २०७९, १५ : १८
शुक्रबार, २७ साउन २०७९

सत्तारुढ गठबन्धन लुम्बिनीले प्रदेशमा मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मजबुत ढंगले लैजाने निर्णय गरेको छ । शुक्रबार बुटवलमा बसेको संयुक्त गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा सफल भएको निष्कर्ष निकाल्दै प्रतिनिधि तथा प्रदेशसभा बैठकलाई अझै प्रभावकारी बनाएर लैजाने निर्णय गरेको हो । 

नेपाली काँग्रेस लुम्बिनी प्रदेश पार्टी कार्यालयमा बसेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा गठबन्धनको तर्फबाट साझा उम्मेदवार तयार गर्न आ–आफ्नो पार्टीको तर्फबाट विस्तृत रिपोर्ट तयार गरेर पुनः बैठक बस्ने निर्णय भएको छ । लुम्बिनी मुख्यमन्त्री कुलबहादुर केसीको  उपस्थितिमा बसेको बैठकले  गठबन्धनको तर्फबाट केन्द्रको निर्णय र निर्देशनलाई कार्यान्वयन गर्ने छ । 

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश सचिव राजु गुरुङ र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि बद्रे आलमद्वारा जारी हस्ताक्षरित  प्रेस  विज्ञप्तिमा स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्माण गरिएको प्रदेश र जिल्ला तहको संयुक्त संयन्त्र पुनः सक्रिय बनाउने निर्णय भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप