शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय तहको निर्वाचनपछि धनुषामा १२ हजार मतदाता थपिए

शुक्रबार, २७ साउन २०७९, १४ : २२
शुक्रबार, २७ साउन २०७९

गत वैशाखमा भएको स्थानीय निर्वाचन तहको निर्वाचनपछि धनुषामा १२ हजार १७ नयाँ मतदाता थपिएका छन् ।  जनकपुरधामस्थित निर्वाचन अयोगका प्रदेश कार्यालयका अनुसार जिल्लामा ६ हजार ९९८ पुरुष र ५ हजार १९ जना महिला गरि  १२ हजार १७ नयाँ मतदाता थपिएका हुन् । 

थप गरिएको मतदातामध्ये ४५० जना अन्य जिल्लाका मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण राउतले जानकारी दिए । बाहिर जिल्लाका ४५० मतदातामध्ये ३१२ पुरुष र १३८ महिला रहेका छन् ।  गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनसम्म धनुषामा ४ लाख ६७ हजार ३८८ मतदाता रहेका थिए । स्थानीय तहको निर्वाचनपछि जिल्लामा फोटोसहितको मतदाता नामावली बन्द गरिएको थियो । त्यसपछि गत १ असारदेखि पुन नयाँ मतदाता नामावली संकलन गरिएको थियो । 

अहिले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा भएपछि पुनः मतदाताको नामावली संकलन कार्य बन्द भएको उनले बताए ।  जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय यदुकोहामा गरी तीन स्थानमा नामावली संकलन गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा २ हजार ५३९ पुरुष र १ हजार ४७४ महिला गरी कूल ४ हजार १३ , जिल्ला निर्वाचन कार्यालयमा ३ हजार ११८ पुरुष र २ हजार ६७७ महिला गरी कूल ५ हजार ७९५ र इलाका प्रशासन कार्यालय यदुकोहामा १ हजार ३४१ पुरुष र १ हजार ४५ महिला गरी २ हजार ३८६ नयाँ मतदाता थपिएका हुन् ।

जिल्लामा १२ हजार १७ मतदाता सख्या थपिए पनि कुल मतदाताको संख्या आयोगले रुजु गरेपछि मात्रै एकिन हुने अधिकारी राउतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप