तनहुँमा सामूहिक रक्षाबन्धन

person explore access_timeसाउन २७, २०७९ chat_bubble_outline0

ब्राह्मण समाज नेपाल तनहुँद्वारा दमौलीमा आयोजित सामूहिक रक्षाबन्धन कार्यक्रममा  तीन सय १५ जनाले रक्षाबन्धन गरेका छन् । कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले सामूहिक रक्षाबन्धन कार्यले समाजका रहेको जातिय विभेद न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


सो समाजले गत वर्षदेखि सामूहिक रक्षाबन्धन कार्य गर्दै आएको छ । समाजका जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डेले सार्वजनिकस्थलमा आयोजना गरिएको सामूहिक रक्षाबन्धन कार्यक्रमले सबैलाई सहज भएको बताए । ‘कोही खाली हात बस्नुपर्ने अवस्था हुँदैन’, उनले भने, ‘सामूहिक रक्षाबन्धनले सबै जातजातिबीच एकआपसमा सद्भाव राख्न  सहयोग पुग्ने विश्वासले यस अभियान थालेको हौँ ।’ समाजका केन्द्रीय सदस्य उपेन्द्र लम्सालले यस वर्ष कार्यक्रम आयोजना गर्न सबै क्षेत्रबाट सहयोग मिलेको बताए । 







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।