बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

शुक्रबार, २७ साउन २०७९, १३ : ५३
शुक्रबार, २७ साउन २०७९

चितवनको राप्ती नगरपालिका–६ प्यारीढापमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानिय ८२ वर्षीया फुलमाया राई रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्यारीढापबाट भण्डारातर्फ आउँदै गरेको बागमती प्रदेश ०२ ०२२ प २१३५ नम्बरको मोटरसाइकलले आज बिहान साढे ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।  दुर्घटनामा संलग्न मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय भण्डार चितवनले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप