शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीन मन्त्री र थारु कल्याणकारिणी सभाका पदाधिकारीबीच भेटवार्ता

शुक्रबार, २७ साउन २०७९, १३ : १७
शुक्रबार, २७ साउन २०७९

सरकारका ३ मन्त्री र  थारु कल्याणकारिणी सभाका पदाधिकारीबीच सिंहदरबारमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाण, खानेपानी मन्त्री उमाकान्त चौधरी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी र सभाका पदाधिकारीबीच छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा महान्यायाधिवक्ता खम्बबहादुर खाती, लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी थिए । कल्याणकारिणी सभाका तर्फबाट सभाका उपाध्यक्ष देवीप्रसाद चौधरी, महामन्त्री प्रेमीलाल चौधरी, केन्द्रीय सदस्यद्वय प्रभातकुमार चौधरी र रुक्मिणी चौधरी सहभागी थिए । 

थारु कल्याणकारीणी सभाले सरकारसँग राखेका मागका सम्बन्धमा छलफल भएको र छलफल सकारात्मक भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।  समस्या समाधानका लागि दुवै पक्षले आ–आफ्नो तर्फबाट गृहकार्य गरेर पुनः छलफल गर्ने सहमति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप