अल्लु अर्जुनले अस्वीकार गरे रक्सी कम्पनीको १० करोडको विज्ञापन
साउथका निकै चर्चित अभिनेता अल्लु अर्जुनले एउटा रक्सी कम्पनीको विज्ञापन गर्न अस्वीकार गरेका छन् । साउथ इन्डष्ट्रिका ट्रेड एनालिस्ट मनोबाला विजयबालनका अनुसार अल्लुलाई रक्सी कम्पनीले १० करोड भारुको अफर दिएको थियो । मनोबालाले अल्लुलाई सिद्धान्तलाई पालना गरेकोमा बधाई पनि दिएका छन् । साउथका निकै नाम चलेका कलाकारले कुनै पनि ब्रान्डलाई एन्डोर्स गर्नका लागि ७.५ करोड भारु लिने गर्छन् । यसअघि पनि अल्लुले सुर्ती कम्पनीको विज्ञापनको अफर अस्वीकार गरेका थिए ।
प्रशंसकबीच गलत मेसेज दिन चाहँदैनन्
कुनै पनि लत लाग्ने कुरालाई विज्ञापनमा देखेर प्रशंसकले खान सुरु गरुन् भन्ने कुरा अल्लुले नचाहेको आफन्त बताउँछन् । जुन कुराको उनी आफैँले प्रयोग गर्दैनन्, त्यसको विज्ञापन किन गर्ने भन्ने सोचका कारण अल्लुले विज्ञापनको प्रस्ताव अस्वीकार गरेको उनी बताउँछन् ।
मिडिया रिपोर्टका अनुसार अल्लुले सुर्ती कम्पनीको करोडौँको विज्ञापनको प्रस्ताव अस्वीकार गर्दै भनेका थिए, ‘म प्रशंसक बीच कुनै पनि गलत कुराको प्रोमोट गर्न चाहन्नँ । म आफैँ पनि सुर्तीजन्य पदार्थ खान्नँ । त्यसैले यो कम्पनीको ब्रान्ड एन्डोर्समेन्ट गर्न अस्वीकार गरेँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी