३ जिल्लाका एसपी सरुवा सकस

person explore access_timeसाउन २७, २०७९ chat_bubble_outline0

 एक वर्ष पुरा भएपछि प्रहरीका सिनियर अधिकृतहरूलाई फरक कार्यालयमा सरुवा गर्ने प्रावधान छ । तर, ३ जिल्लाका प्रमुख प्रमुखहरु परिवर्तन भएका छैनन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत, बाँके र दाङका प्रहरी उपरीक्षक सरुवा भएका छैनन् । उनीहरुको कार्यावधि १४ महिना भैसकेको छ । २०७९ असार ८ मा ५२ जना एसपीहरुसँगै ती ३ जिल्लामा पनि सरुवा गरिएको थियो ।


सँगै सरुवा भएका सवै प्रहरी उपरीक्षक सरुवा भएपनि प्रहरी प्रधान कार्यालयलाई ३ जिल्लामा एसपी सरुवा ‘सकस’ भएको छ । कार्यकाल पुरा भएका लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका एसपी पनि परिवर्तन गरिएको छैन ।



जिल्ला प्रहरी कार्यालय दाङमा सुरेश काफ्ले, बाँकेमा श्यामकृष्ण अधिकारी र सुर्खेतमा पदम बहादुर विष्ट कार्यरत छन् । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयमा योगेन्द्र सिंह थापा कार्यरत छन् । साउन १३ मा १३ जना एसपीको काज सरुवा हुँदा ४ जना जिल्ला प्रमुख फेरिए । त्यसपछि प्रहरी उपरीक्षकहरूको ठुलो समूह सरुवा गरिएको थियो । तर, दुवै सरुवामा ती चार जिल्लामा प्रहरी प्रधान कार्यालयले एसपी पठाउन सकेन । 



सत्ता गठबन्धनका नेताहरुले आ–आफ्ना अनुकुल एसपी पठाउन दवाव दिएपछि सरुवा ‘सकस’ बनेको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए । उनले रातोपाटीसँग भने, ‘नेताहरुको तानातान छ, त्यसैले ३ जिल्ला र लुम्बिनी प्रदेश प्रहरी ट्राफिक कार्यालयमा नयाँ एसपी पठाउन सकिएको छैन ।’

प्रहरी उपरीक्षक सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई हुन्छ । तर, राजनितिक हस्तक्षेपका कारण प्रधानमन्त्रीको सचिवालय र गृहमन्त्रीको स्वीकृती बेगर आईजीपीले एसपी सरुवा गर्न सक्दैनन् । जिल्लाका प्रभावशाली नेताहरुले पनि आफ्नो अनुकुल प्रहरी अधिकृत लैजान लविङ गर्ने गरेका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।