शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डोनाल्ड ट्रम्पको घरमा एफबीआईको छापामारीसँग सम्बन्धित  ‘सर्च वारेन्ट’ माथि विवाद गहिरियो

शुक्रबार, २७ साउन २०७९, १२ : ०८
शुक्रबार, २७ साउन २०७९

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घर मार–ए–लागो रिसोर्टमा हालै अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईको छापामारीको मुद्दा शान्त हुने नाम लिइरहेको छैन । बिहीबार, अमेरिकी न्याय विभागले फ्लोरिडाको एक अदालतलाई त्यो सर्च वारेन्ट सार्वजनिक गर्न भनेको छ जसको आधारमा एफबीआईले ट्रम्पको घरमा छापामारी गरिएको थियो ।

डोनाल्ड ट्रम्पले पनि आफ्नो एउटा बयानमा त्यो सर्च वारेन्टलाई तत्काल सार्वजनिक गर्ने पक्षमा रहेको बताएका छन् । तर, उनले आफ्नो घरमा भएको छापा अनावश्यक र राजनीतिक प्रेरित भएको दोहोर्‍याएको पनि देखियो ।

सोमबार ट्रम्पको घरमा छापा मार्ने क्रममा एफबीआईले कागजातहरूले भरिएको एक दर्जन बक्सहरू बरामद गरे तर यी कागजातहरूसँग सम्बन्धित कुनै जानकारी सार्वजनिक गरिएको छैन ।

एफबीआईको छापामारी त्यस अनुसन्धानसँग जोडिएको छ जसमा पूर्व राष्ट्रपतिले ह्वाइट हाउसका केही गोप्य रेकर्ड र संवेदनशील दस्तावेज हटाएका त छैनन् भन्नेसँग सम्बन्धित छ ।

अमेरिकी अखबार वाशिङ्टन  पोस्टले स्रोतलाई उद्धृत गर्दै एफबीआई आणविक हतियारसँग सम्बन्धित कागजातको खोजीमा ट्रम्पको घर पुगेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप