शिक्षकको छोरीसँग प्रेम गर्ने कुटिए
दाङको राजपुर गाउँपालिकास्थित जनज्योति मावि मटेरियामा पढ्छन्, मान्सराम यादव । उनीसँगै ११ कक्षामा पढ्छिन् शिक्षक पाटेश्वर यादवकी छेरी समिक्षा (नाम परिवर्तन) । १९ वर्षीय मान्सराम र समीक्षा प्रेममा थिए । साउन २१ मा राति ९ बजेतिर समीक्षाले फोन गरेर मान्सरामलाई बोलाइन् । राजपुर–३ स्थित बोलामा प्रेमिकाको घर नजिक उनी साइकल चढेर गए । मान्सरामको घरचाहिँ राजपुर गाउँपालिका–३ स्थित खरदरियामा पर्छ ।
प्रेमिकाले बोलाएर गएका मान्सरामलाई ३–४ जना मिलेर कुट्न थाले । उनी एक्लै थिए, प्रतिकार गर्नै सकेनन् । पाटेश्वर यादव र उनका दाइ धीरबहादुर यादवसहितको समूहले कुटपिट गरेको अनुसन्धानबाट थाहा भएको दाङका एसपी सुरेश काफ्लेले रातोपाटीलाई बताए । पाटेश्वर जनज्योति माविका शिक्षक हुन् ।
मरणासन्न हुनेगरी कुटपिट गरेपछि पाटेश्वरले ‘चोरी गर्न राति गाउँमा आएको’ कागज गराएर मान्सरामलाई फिर्ता पठाएका थिए । प्रहरीले पाटेश्वर र धीरबहादुरलाई पक्राउ गरेको छ । मरणासन्न हुनेगरी कुटेको हुनाले ‘ज्यान मार्ने उद्योग’ गरेको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको एसपी काफ्लेले जानकारी दिए ।
कुटपिटमा संलग्न १ जना फरार छन् । फरार आरोपीलाई प्रहरीले खोजिरहेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय गढवाले अनुसन्धान गरिरहेको छ । छोरीसँग प्रेम गरेको रिसमा पाटेश्वरले कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल
-
मुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल
-
हङकङसँग पनि हार्यो नेपाल