शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजु श्रीवास्तवलाई ट्रेडमिलमा दौडिरहेका बेला भयो हृदयघात, जिम जानेहरुले नगर्नुहोस् यस्ता गल्ती

शुक्रबार, २७ साउन २०७९, १० : ४४
शुक्रबार, २७ साउन २०७९

भारतका चर्चित हास्यकलकार राजु श्रीवास्तवलाई हृदयघातको समस्याका कारण एम्स अस्पताल भर्ना गरिएको छ । ५८ वर्षका राजु श्रीवास्तवलाई ट्रेडमिलमा दौडिरहेका बेला हृदयघात भएको थियो । उनको छाती अचानक दुख्यो र उनी भुइँमा खसे । जिममा व्यायाम वा कुनै पनि प्रकारको शारीरिक व्यायामको क्रममा हृदयघात हुने घटनामा पछिल्लो समय व्यापक वृद्धि भइरहेको छ ।

डाक्टरका अनुसार जिममा व्यायाम गर्ने कुनै पनि व्यक्तिको यदि रक्तचाप वा कोलेस्ट्रोलको स्तर ठिक छ भने तपाईंको मुटुमा कुनै पनि समस्या छैन भन्ने होइन । धेरैजसो वंशानुगत कारण पनि मुटुको स्वास्थ्यमा खतरा हुने गर्छ । हाम्रो खराब जीवनशैलीले यसलाई थप गम्भीर रुप दिनसक्छ ।

बढी उमेर भएकाहरुलाई खतरा

मुटुरोगको खतरा ठूलो हुनसक्छ । यो हाम्रो उमेरमा पनि निर्भर हुनसक्छ । दैनिक व्यायाम गर्ने कम उमेरमा मानिसहरुलाई मुटुरोगको खतरा कम हुन्छ । तर बढ्दो उमेरसँगै व्यायाम जारी राख्दा पनि मुटुरोगको खतरा कम हुनसक्छ ।

यस विषयमा एक्सरसाइज फिजियोलोजिस्ट, माइकन जोयनरले उमेर बढेसँगै उच्च रक्तचाव र उच्च कोलेस्ट्रोलको खतरा पनि बढ्न थाल्छ । त्यसैले उमेर पुगिसकेका मानिसले आफ्नो नियमित स्वास्थ्य परीक्षण गरिरहनुपर्छ ।

व्यायामका बेला हृदयघातको खतरा किन ?

विशेषज्ञका अनुसार मानिसको शरीरिक क्षमतालाई ध्यानमा राख्दै व्यायाम गर्नुपर्छ । शरीरको पनि एउटा सीमा हुन्छ । धेरै पटक अस्वस्थ व्यक्ति जिममा धेरै पसिना बगाउने गर्छन् । धेरै कसरत गर्छन् । मुटुको स्वास्थ्यमा यसको खराब असर हुन्छ । म्याराथन रनर्समा भएको एक शोधका अनुसार जब मानिसहरु आफ्नो रनिङ इभेन्ट पूरा गर्छन् तब उनीहरुको ब्लड स्याम्पलमा हार्ट ड्यामेजसँग जोडिएको बायोमार्कर बन्ने गर्छन् । यद्यपि, यो समयका साथै आफसे आफ रिकभर पनि हुन्छन् । तर जब हाम्रो मुटुमा लगातार स्ट्रेस रहन्छ तब यो अस्थायी क्षतीले गम्भीर रुप लिने गर्छन् । यसबाहेक जो मानिसहरु पहिला नै कुनै हृदय रोगको शिकार हुन्छन्, उनीहरुलाई पनि यो समस्या हुनसक्छ ।

हेभी वेट ट्रेनिङबाट जोगिनुहोस्

अमेरिकाको लस एन्जलिसमा एक हार्ट इन्स्टिच्युटका असोसिएट निर्देशक सुमित चौगका अनुसार केही मानिसहरु छिट्टो मस्क्युलर बडी बनाउने चक्करमा धेरै तौल उठाउन थाल्छन् । यदि तपाईं केही दिन जिम गएर यस्तो गर्ने कोसिस गरिरहनुभएको छ भने यसले तपाईंका लागि समस्या निम्त्याउन सक्छ । तपाईं फिट रहनका लागि आफ्नो एउटा गोल सेट गर्नुहोस् र त्यसको हिसाबले तालिम गर्नुहोस् ।

शरीरको यो लक्षणलाई बेवास्ता नगर्नुहोस्

जब तपाईंलाई कुनै गम्भीर रोगले गाँजेको हुन्छ तब तपाईंको शरीरले केही संकेत दिन सुरु गर्छ । यहाँ सम्मकी जो व्यक्तिलाई अचानक हृदयघात हुन्छ , त्यसलाई पनि धेरैले बेवास्ता गर्छन् । विशेषज्ञका अनुसार एक–तिहाईभन्दा धेरै मानिसलाई हृदयघात हुनु एक हप्ता अघि नै विभिन्न खालका लक्षण देखा पर्न सुरु हुन्छन् । यदि यी संकेतलाई समय हुँदा नै पहिचान गर्न सकियो भने जोखिम कम हुनसक्छ । यसबारे युनिभर्सिटी अफ वासिङ्टनका स्पोर्टस् कार्डियोलोजिस्टका निर्देशक जोनाथन ए. ड्रेजनर भन्छन्, ‘यदि तपाईंको शरीरले राम्रोसँग काम गरिरहेको छैन भने केही विशेष लक्षणमा ध्यान दिनुहोस् । सास फेर्न समस्या, छातीमा दुखाई वा बढी नै थकान महसुस भइरहेको छ भने डाक्टरसँग तुरुन्त सम्पर्क गर्नुहोला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप