अभिनेता अनुपविक्रम शाही काँग्रेस प्रवेश
अभिनेता अनुपविक्रम शाही नेपाली काँग्रेस प्रवेश गरेका छन् । दुई दर्जन बढि चलचित्रमा अभिनेता शाही शुक्रबार बिहान एक कार्यक्रमका बीच काँग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिए ।
मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरू महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए ।
अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि काँग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए । 'म यसअघि कुनै पनि पार्टीमा आवद्ध थिइन् । पहिलो पटक काँग्रेससँग आवद्ध भएको हुँ,’ उनले भने, 'काँग्रेसले नेपालमा लोकतन्त्रका लागि संघर्ष गरेको भनेर पढ्दै सुन्दै आइयो । अब बुझ्दै जाँदा अरुभन्दा काँग्रेस नै ठीक लाग्यो ।’
साथै उनले काँग्रेस कलाकारको सम्मान गर्ने पार्टी भएकोसमेत बताए । ‘धेरै अग्रज र सम्मानित कलाकारहरु काँग्रेसमा हुनुहुन्छ, यसले पनि मलाई काँग्रेस मन परेको हो,’ उनले भने ।
उनले आफू युवा भएकाले तरुण दलमार्फत् युवाका पक्षमा काम गर्न चाहेको बताए। अभिनेता शाहीले द्रव्य, सौर्य, हसियाँ, ठमेल डटकम, हाउ फन्नी, वीर विक्रम, कमलेको विहे, कृ, हुर्रे, लिलिबिली, पुरानो बुलेटलगायत दुई दर्जन बढि चलचित्रमा अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
-
यात्रा गर्दै हुनुहुन्छ ? यी राजमार्ग र भित्री सडकहरू छन् पूर्ण रूपमा अवरुद्ध
-
मेक्सिकोको किल्ला भत्काउँदै इंग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा
-
चार स्वर्ण जितेकी दीपाको चिन्ता : अन्तर्राष्ट्रिय सपना आर्थिक अभावले त रोकिँदैन ?
-
विचारधारा : यो के हो, किन आवश्यक छ?
-
सुदूरपश्चिमको बजेट : सत्ता साझेदारकै असन्तुष्टिले संसद्मा पुग्न सकेन, विकासको एजेन्डा ओझेलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण