बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिट बाँडफाँटबारे सत्ता गठबन्धनभित्र नीतिगत समझदारी !

बिहीबार, २६ साउन २०७९, २२ : ३५
बिहीबार, २६ साउन २०७९

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटका लागि नीतिगत समझदारी भएको बताएका छन् । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि मापदण्ड तयार गर्न बनाएको कार्यदलका सदस्य समेत रहेका उनले बिहीबारको कार्यदल बैठक सौहार्दपूर्ण र सकारात्मक रहेको बताए । उनले हाल गठबन्धन दलका सदनमा रहेको संख्या ,२०७९ को जनमत, पार्टीको संवेदनशीलता आदिलाई ध्यानमा राखी सिट तालमेल गर्ने नीतिगत समझदारी भएको बताए । 

‘कार्यदलको बैठक सौहार्दपूर्ण र सकारात्मक रह्यो’, बैठकपछि उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हाल गठबन्धन दलका सदनमा रहेको संख्या ,२०७९ को जनमत,पार्टीको संवेदनशीलता आदिलाई ध्यानमा राखी सिट तालमेल गर्ने नीतिगत समझदारी भएको छ ।’ 

यस्तै कार्यदलका अर्का सदस्य देव गुरुङले पनि सकारात्मक छलफल भएको बताए । उनले  भने, ‘ सिट बाँडफाँटको सहमतिका लागि मोडालिटी बनाउनेबारे आज छलफल भएको छ । छलफल सकारात्मक भएको छ ।’ कार्यदलमा आज छलफल भएको विषयमा पाँच दलले आ आफ्नो पार्टीभित्र पनि छलफल गर्ने बताए । 

मंसिर ४ को चुनावका लागि सिट बाँडफाँटको मोडालिटी तय गर्न बनेको कार्यदलमा यसबारे छलफल सुरु भएको छ । अर्को बैठक साउन ३० गते बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप