एमालेद्वारा केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर
बिहीबार, २६ साउन २०७९, २२ : १७
एमाले सचिवालय बैठकले केही केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबारको निर्णयानुसार रामदयाल मण्डललाई मधेस प्रदेशको सहइन्चार्ज बनाइएको हाे ।
यस्तै सरोज यादवलाई महोत्तरी जिल्ला, प्रमोदनारायण यादवलाई धनुषा जिल्ला सहइन्चार्ज, भीम कार्कीलाई भूमि व्यवस्था विभागको उपप्रमुख र कृष्ण थापालाई कास्की जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको एमालेले जनाएको छ ।
बैठकले तीनवटा केन्द्रीय विभाग पनि गठन गरेको छ । जसअनुसार, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, शहरी विकास विभाग र भूमि व्यवस्था विभाग रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका पूर्वकेन्द्रीय सदस्य बलबहादुर केसीको निधन
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन