पूर्व राज्यमन्त्री विमलाको गुनासो– एकराजले पैसा फिर्ता गरेन, पार्टीले पनि हेरेन
![पूर्व राज्यमन्त्री विमलाको गुनासो– एकराजले पैसा फिर्ता गरेन, पार्टीले पनि हेरेन](https://rpcdn.ratopati.com/media/albums/bimala-oli1_nlGXtVGHTf.jpg)
लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री विमला कुमारी वली खत्रीले दाङका वाइसिएल नेता एकराज बस्नेतबाट आफूले पाउनुपर्ने रकम अझै फिर्ता नपाएको गुनासो गरेकी छन् । सोही रकम उठाउन बस्नेतको घरमा जाँदा आफूमाथि कुटपिट तथा दुर्व्यवहारको आरोप लगाइएको उनको भनाइ छ ।
उनले सोही घटनापछि आफूले राज्यमन्त्रीबाट राजीनामा दिनुका साथै छानबिन समितिले प्रतिवेदन बुझाएको यतिका समय बितिसक्दासमेत रकम फिर्ता पाउन नसकेको बताइन् । पार्टीका नेताहरूलाई पनि पटकपटक फोन गरेर यस विषयमा जानकारी गराउँदा पार्टीले समेत बेवास्ता गरेको उनको आरोप छ । उनले रातोपाटीसँग भनिन्, ‘म राज्यमन्त्री भएको बेलामा बस्नेतले लगेको ६ लाख ५० हजार रुपैयाँ मैले फिर्ता पाउनु पर्ने प्रदेश सरकारले गठन गरेको छानबिन समितिको पनि निष्कर्ष छ तर त्यो रकम उठाउन कसैले सहयोग गरेका छैनन् ।’
उनले आफू अहिले आर्थिक समस्यामा रहेको पनि बताइन् । ‘मैले पाउनुपर्ने रकम दिलाइदिनुस् भनेर पार्टीका नेताहरूलाई पटकपटक सम्पर्क गरेर भनेकी छु तर नेताहरूले बेवास्ता गरे,’ उनले भनिन् । जेठ ३१ गते तत्कालीन स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री वली दाङको तुलसीपुरस्थित बस्नेतको घरमा पुगेपछि विवाद सतहमा आएको थियो ।
छानबिन समितिले प्रतिवेदन नबुझाउँदै राज्यमन्त्री पदबाट राजीनामा दिएकी वली हाल राजनीतिमा पनि त्यति सक्रिय देखिन्नन् । पार्टीले नै आफूलाई बेवास्ता गरेको भन्दै उनले कसैले सम्पर्क नगरेका कारण घरमै बसिरहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन