राज्यमन्त्री केसीको अध्यक्षतामा स्वस्थ्य बिमा समस्या समाधान कार्यदल गठन
बिहीबार, २६ साउन २०७९, २१ : २२
सरकारले स्वस्थ्य बीमा कार्यक्रमको अवस्था र चुनौती अध्ययनका लागि राज्यमन्त्री हिराचन्द्र केसीको अध्यक्षतामा चार सदस्य कार्यदल गठन गरेको छ । बिहिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बसेको बैठकले स्वास्थ्य बीमा कार्यक्रमको अवस्था र चुनौती विश्लेषण एवं समिक्षा गर्न समिति गठन गरिएको हो ।
समितिले स्वास्थ्य बीमाको विद्यमान समस्या समाधानका लागि तीन हप्ताभित्र पृष्ठपोषणसहितको प्रतिवेदन तयार पार्नुपर्ने स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङका प्रेस सल्लाहकार केदार गौतमले बताए । स्वास्थ्य बीमा समस्या समाधान कार्यदलको सदस्यमा प्रमुख विषेशज्ञ गुणराज लोहनी, बीमा बोर्डका सदस्य डा.सुरेश तिवारी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सामाजिक सुरक्षा हेर्ने सहसचिव र सदस्य सचिवमा प्रमुख औषधि व्यवस्थापक नारायण ढकाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा