सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी गरेको आरोपमा पक्राउ
बिहीबार, २६ साउन २०७९, २१ : २१

सामाजिक सञ्जाल फेसबुकमा नक्कली प्रोफाइल बनाएर मेसेन्जरमार्फत भिडियो कुराकानी गरेर स्क्रिन सट गर्ने र महिलालाई हैरानी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका घर भएका २४ वर्षीय अमन राजथला छन् ।
भिडियो कुराकानीमा महिलालाई पनि अश्लिलता प्रदर्शन गर्न लगाएर राजथलाले सो क्रियाकलापको रेकर्ड राखेर सो रेकर्ड सामाजिक सञ्जालमा प्रशारण गर्छु भनेर ‘बार्गेनिङ’ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
साउन २४ मा उनलाई पक्राउ गरेर जिल्ला अदालतबाट ५ दिनेको म्याद लिएर आरोपीबारे अनुसन्धान भइरहेको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ ।