बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबी बैंकले भित्र्यायो ३ अर्ब १७ करोड, तरलता समस्याको हल हुने अपेक्षा

बिहीबार, २६ साउन २०७९, १९ : ४९
बिहीबार, २६ साउन २०७९

एनएमबी बैंकले ३ अर्ब १७ करोड ५० लाख रुपैयाँ बराबरको विदेशी मुद्रा भित्र्याएको छ । बैंकले इन्टरनेसनल फाइनान्स कर्पोरेशन (आईएफसी) बाट कर्जाको रुपमा २ करोड ५० लाख अमेरिकी डलर भित्र्याएको हो ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी र आईएफसीका दक्षिण एशिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङबीच ऋणपत्र सम्झौतामा हस्ताक्षर भयो । 

प्राप्त कर्जासँगै बैंकले हाल तरलता (लगानीयोग्य रकम) को समस्याबाट केही हदसम्म सहजता मिल्ने बताएको छ । यस्तो कर्जा मुलुकको आर्थिक सम्बृद्धिका लागि साना घरेलु तथा मझौला उद्योगको क्षेत्रमा प्रवाह गरिने बैंकले जनाएको छ । 

बैंकले तेस्रो पटक यसरी विदेशी कर्जा लगानी भित्र्याएको हो । यसअघि नै एनएमबीले दुई पटक गरी ५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रामा कर्जा लगानी भित्र्याइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप