शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेता केसीद्वारा बाढीले नुवाकोटमा पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त

बिहीबार, २६ साउन २०७९, १९ : १८
बिहीबार, २६ साउन २०७९

नेपाली काँग्रेसका युवा नेता तथा नुवाकोटका पूर्व जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले बुधबार  राती परेको अविरल बर्षाको कारण आएको बाढी र पहिरोबाट नुवाकोटमा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले भने, ‘गएरातीको अविरल बर्षाले नुवाकोटको तादी खोलामा आएको बाढीबाट जिल्लाको क्षेत्र न १ को दुप्चेश्वर ३ राउतबेसी , तादी ४ सातबिसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्कि पुल ,पञ्चकन्या २ आप्र र तादी ५ बाहुनबेसी जोड्ने पक्की पुल र पञ्चकन्या १ को सिमारा फाट र लिखु ३ सूर्यमती र १ ढिकुरे जोड्ने पक्की पुलहरूमा व्यापक क्षति पुगेको छ । म यस प्राकृतिक प्रकोपबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दछु ।’

नेता केसीले बाढी र पहिरोका कारण नुवाकोटका आधादर्जन बढी पक्की पुल,  धानखेतीमा क्षति पुगेको र पशु चौपाया समेत बगाएको उल्लेख गर्दै उद्दार कार्यमा जुट्न सबैमा आग्रह गरेका छन् । उनले मानवीय तथा भौतिक क्षति रोक्दै बस्ती संरक्षणमा लाग्न, यथाशीघ्र उद्वार र राहत कार्यमा सरिक हुन अनुरोध गरे । उनले तत्काल क्षतिको यथार्थ आंकलन गरी क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप