गण्डकी गाउँपालिका अध्यक्ष तिमिल्सेनाद्वारा आफ्नो पारिश्रमिक विद्यालयलाई सहयोग
बिहीबार, २६ साउन २०७९, १८ : ३२
गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सेना ‘साकार’ले आफ्नो एक महिनाको पारिश्रमिक स्थानीय विद्यालयलाई सहयोग गरेका छन् । आफ्नो चुनावी प्रतिवद्धता बमोजिम तिमिल्सेनाले ज्ञानमार्ग माध्यमिक विद्यालय घ्याल्चोकलाई एक महिनाको पारिश्रमिक प्रदान गरेका हुन् ।
तिमिल्सेनाले आफ्नो मासिक पारिश्रमिक ३६ हजार २ सय उक्त विद्यालयलाई प्रदान गरेका छन् । उनी नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनले यसअघि निर्वाचनका क्रममा नै आफ्नो पारिश्रमिक सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका थिए । सोही अनुसार पहिलो महिनाको पारिश्रमिक विद्यालयलाई हस्तान्तरण गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा