बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी गाउँपालिका अध्यक्ष तिमिल्सेनाद्वारा आफ्नो पारिश्रमिक विद्यालयलाई सहयोग

बिहीबार, २६ साउन २०७९, १८ : ३२
बिहीबार, २६ साउन २०७९

गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सेना ‘साकार’ले आफ्नो एक महिनाको पारिश्रमिक स्थानीय विद्यालयलाई सहयोग गरेका छन् । आफ्नो चुनावी प्रतिवद्धता बमोजिम तिमिल्सेनाले ज्ञानमार्ग माध्यमिक विद्यालय घ्याल्चोकलाई एक महिनाको पारिश्रमिक प्रदान गरेका हुन् । 

तिमिल्सेनाले आफ्नो मासिक पारिश्रमिक  ३६ हजार २ सय उक्त विद्यालयलाई प्रदान गरेका छन् । उनी नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनले यसअघि निर्वाचनका क्रममा नै आफ्नो पारिश्रमिक  सामाजिक सेवामा  खर्च गर्ने घोषणा गरेका थिए । सोही अनुसार पहिलो महिनाको पारिश्रमिक  विद्यालयलाई हस्तान्तरण गरेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप