शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा बाढीका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो

बिहीबार, २६ साउन २०७९, १७ : ५५
बिहीबार, २६ साउन २०७९

दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको अधिकारीले बिहीबार जानकारी दिएका छन् । बाढीको कारण थप आठ जना अझै बेपत्ता रहेका पनि समाचारमा जनाइएको छ । दुई दिनको मुसलबारे वर्षाले राजधानीका सडक र सब वे स्टेशनमा बाढी पुगेको छ ।  राष्ट्रपति युन सुक–योलले एक सय १५ वर्षयताको सबैभन्दा ठूलो वर्षा भएको सोलको मौसम विभागले रेकर्ड गरेको राष्ट्रपति युन सुक–योलले बताएका छन् ।

यस हप्ताको सुरुमा सोशल मिडियामा साझा गरिएका तस्वीरमा मानिसहरूका कम्मरसम्म पानी र ओभर फ्लो मेट्रो स्टेसनबाट हिँडिरहेको देखाएको छ ।   बाढीका कारण मृत्यु भएका ११ जनामा ६ जना सोल, तीन जना ग्योन्गी  र दुई जना ग्याङ्वोन प्रान्तमा रहेका आन्तरिक मन्त्रालयले जनाएको छ । बेपत्ता भएका आठ जना भने राजधानी सहरका रहेका समाचारमा जनाइएको छ । 

पाँच हजार तीन सयभन्दा बढी मानिस आफ्नो घर खाली गर्न बाध्य भएका पनि  सरकारी अधिकारीहरूले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप