शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘बाबरी’ को नयाँ पोस्टर कलाकारको रोमान्टिक लुक्स

बिहीबार, २६ साउन २०७९, १७ : ४४
बिहीबार, २६ साउन २०७९

सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्म ‘बाबरी’ को केही नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको प्रचार प्रसार ब्यापक बनाउन नयाँ पोष्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकर देखिएका छन् । पोस्टरमा तीनै कलाकारको मित्रता झल्काउने छ । 

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्ममा धिरजद्वयको अलवा अदिति बुढाथोकी, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलीप गुरुङ लगायतका कलाकारको अभिनय छ ।

३१ भदौदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा निर्देशक पौडेलको कथा र सम्पादन रहेको छ । कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईँ, अनमोल गुरुङको संगीत, नरेन्द्र मैनालीको छायांकन र एञ्जिला खत्री, विक्रम लामाको कोरियोग्राफी रहेको फिल्म बाबरी फिल्मस्को ब्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता गणेश बुढाथोकी र पुष्षलता बुढाथोकी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप