बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वविद्यालयमा तालाबन्दी नगर्न शिक्षा मन्त्री पौडेलको आग्रह

बिहीबार, २६ साउन २०७९, १७ : ३१
बिहीबार, २६ साउन २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् । बिहीवार काठमाडौंमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस÷हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै शिक्षामन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरेका हुन् ।  

उनले विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूको मागको सम्बन्धमा वार्ता तथा सहमतिबाट हल खोज्नुपर्ने बताए । उनले आंशिक, करार लगायतका प्राध्यापकहरूको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह पनि गरे । एकपटकका लागि प्राध्यापकहरूको समस्या समाधान गरेर आगामी दिनमा भने प्रतिस्पर्धाबाट मात्रै प्राध्यापक नियुक्ति गर्ने गरी अघि बढ्नुपर्ने उनको भनाइ छ ।  

शिक्षामन्त्री पौडेलले विश्वविद्यालयहरूलाई क्यालेन्डर प्रणाली कडाइपूर्वक लागू गर्न आग्रह गरे । शैक्षिक क्यालेन्डर अनुरुप समयमै परीक्षा हुनुपर्ने र समयमै नतिजा निस्किनुपर्ने उनले बताए ।  विश्वविद्यालय सुधार्ने जिम्मेवारी सरोकारवाला सबैको काँधमा रहेको भन्दै उनले सरकारको तर्फबाट गर्नुपर्ने काम गर्न तयार रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप