चन्द्रागिरि नगरपालिकामा आईएमई पेको विद्युतीय कर भुक्तानी सेवा सुरु
बिहीबार, २६ साउन २०७९, १६ : ३५
चन्द्रागिरि नगरपालिकामा आईएमई पेको विद्युतीय कर भुक्तानी सेवा सुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार सो सेवाको उद्घाटन टन गरेका हुन् ।
यस सेवा मार्फत चन्द्रागिरि नगरवासीहरूले घर–बहाल कर, सम्पत्ति कर तथा व्यावसायिक कर सजिलै अनलाइनमा आईएमई पे मार्फत तिर्न सक्नेछन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई डिजिटल सोलुशनका नि. प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले यसले नगरवासीहरूलाई राजस्व कर तिर्न अझै सहज हुने बताउँदै आगामी दिनमा चन्द्रागिरि नगरपालिकासँगको सहकार्य अझै बढ्दै जाने विश्वास व्यक्त गरे ।
प्रयोगकर्ताहरूले आईएमई पे एपको होम पेजमा रहेको ‘गभरमेन्ट’ मा गई ‘लोकल गभरमेन्ट’ रोजी ‘चन्द्रागिरि नगरपालिका’ मार्फत आफ्नो कर तिर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी