मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चोरीको  मोटरसाइकलसहित युवक पक्राउ

बिहीबार, २६ साउन २०७९, १५ : ५०
बिहीबार, २६ साउन २०७९

रौतहट प्रहरीले चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ गरेको छ। पक्राउ पर्नेमा  बौधीमाई नगरपालिका ३ का  २१ वर्षका चन्दन पटेल रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोपवा पिपरीयाको टोलीले विशेष सूचनाको आधारमा गत २४ गते  पटेलले चलाउँदै गरेको बा.७४ प ५५२५ नम्बरको २२० सी.सी.को पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो । पटेलमाथि चोरी कसुरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थमाई थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप