सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माइतीघरमा मिटरब्याज पीडितको धर्ना, सिंहदरबारलाई छैन सुर्ता (फोटोफिचर)

बिहीबार, २६ साउन २०७९, १५ : १७
बिहीबार, २६ साउन २०७९

साउनको टन्टलापुर घाम । तर पनि घामको परवाह नगरी सडकमा आफ्ना माग घन्काइरहेका छन् आन्दोलनकारी । उनीहरु हुन्, मिटरब्याजीबाट प्रताडितहरु । नवलपरासीदेखि आएर माइतीघरमा धर्ना दिइरहेका मिटरब्याज पीडित पशुपतिमा अस्थायी टहरामा बसिरहेका छन् । र, त्यहीँबाट दैनिक हिँडेर माइतीघरमा आएर धर्ना दिइरहेका छन् । जुन क्रम दुई सातायता चलिरहेको छ । 

अघिल्लो पटक मिटरब्याजीलाई कारबाही गर्ने सरकारको आश्वासन पाएपछि फर्किएका उनीहरु माग पुरा नभएको भन्दै फेरि काठमाडौं आएका हुन् ।  उनीहरु काठमाडौं आएर धर्ना दिन थालेको करिब २ हप्ता हुन लागिसक्यो तर केही मिटर पर रहेको सिंहदरबारले भने उनीहरुको माग सम्बोधन गरेको छैन । 

साहु महाजनको नाम नै किटेर उजुरी दिँदा र धर्ना बस्दा पनि सरकारबाट उनीहरुले अहिलेसम्म आश्वासन बाहेक केही पाएका छैनन् ।  आफ्नो सर्वस्व बेच्दा पनि साहुको ऋण तिर्न नसक्ने र ब्याजमाथि ब्याज थपिँदै गएपछि उनीहरु काठमाडौं आएर हारगुहार गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप