शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साल्पासिलिछो गाउँपालिकाको सेवा काठमाडौंबाटै

बिहीबार, २६ साउन २०७९, १४ : २८
बिहीबार, २६ साउन २०७९

भोजपुरको साल्पासिलिछो गाउँपालिकाले काठमाडौंमा एक दिने शिविर सञ्चालन गरेर आफ्ना नागरिकलाई सेवा प्रदान गरेको छ । भौगोलिक रुपमा विकट रहेको गाउँपालिकामा वर्षातले यातायत सञ्चालनमा कठिनाई भएपछि गाउँपालिकाले  काठमाडौंमा नै आफ्ना नागरिकलाई सेवा दिएको हो ।

काम विशेषले काठमाडौं पुगेका तथा विभिन्न कारण बस सेवाबाट वञ्चित भएका ज्येष्ठ नागरिक तथा असक्त नागरिकलाई ध्यानमा राख्दै सेवा प्रवाह गरिएको साल्पासिलिछोका अध्यक्ष दौलथ कुलुङले जानकारी दिए । ‘‘जनप्रतिनिधिले जनताको सेवाको लागि काम गर्ने हो’’ उनले भने,‘‘हाम्रो गाउँपालिका भौगोलिक रुपमा विकट भएकाले सेवा लिन आउन निकै कठिन छ ।”

जोरपाटीमा सञ्चालन भएको शिविरमा काठमाडौंमा रहेका करिब एक सय ५० जनाले विभिन्न किसिमका सेवा लिएको अध्यक्ष कुलुङले जानकारी दिए । स्थानीयवासीबाट माग भएकाले धरान विराटनगर, इटहरी झापालगायत ठाउँका नागरिकलाई लक्षित गरेर पनि यस्तो शिविर सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

विभिन्न संघीय मन्त्रालयको कामको लागि काठमाडौं पुगेको अवसरमा त्यहाँको काम सकेर एक दिने कार्यक्रममार्फत सेवा प्रवाह गरेको उनको भनाइ छ । वर्षात् लागेसँगै भोजपुर सदरमुकामबाट यो गाउँपालिकासँगको यातायात सेवा बन्द हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप