आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सय सिट दाबी गर्छौ, ९० सम्म मान्छौ : यादव

बिहीबार, २६ साउन २०७९, १४ : २५
बिहीबार, २६ साउन २०७९

नेपाली काँग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले अब एमाले २० वर्षसम्म शासनमा नफर्कने ठोकुवा गरेका छन् । बिहीबार काठमाडौमा भएको साक्षात्कारमा उनले भने, ‘अब २० वर्षसम्म फेरि एमाले शासनमा फर्किन्छु भनेर त्यो आँट नगरे हुन्छ । नेपाली जनताले अब तपाईंहरुलाई शासनमा ल्याउँदैनन् । अब तपाईहरु कहाँ चुनाव जित्नुहुन्छ ?

उनले नागरिकता विधेयक पास दुवै सदनबाट भैसकेको र प्रमाणीकरणका लागि  राष्ट्रपतिकहाँ पुगेको सुनाउँदै तत्काल प्रमाणीकरण गर्न आग्रह गरे । उनले भने, ‘राष्ट्रपतिले अहिलेसम्म विधेयक प्रमाणीकरण नगरेर रोक्नुभएको छ, यो संविधानतः रोक्न मिल्दैन । राष्ट्रपतिलाई मौका छ, उहाँ अहिले पनि पार्टीको राजनीतिमा भन्दा माथि उठ्न सक्नुभएको छैन । हामी आशा गर्छौ कि भगवान पशुपतिनाथले बुद्धि देओस्, कि उहाँ सबैको राष्ट्रपति भएर सफल हुनुहोस् । अविलम्ब विधेयक प्रमाणीकरण गर्नुहोस् ।’

नेता यादवले १६५ सिटमध्ये काँग्रेसले १०० सिटमा दावी गर्ने बताए । ‘तर, गठबन्धनभित्र सहमति कायम गर्नका लागि ९० सिटसम्म मान्न सकिन्छ’, यादवको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप