बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सर्लाही र बारामा डुबेर २ जनाको मृत्यु

बिहीबार, २६ साउन २०७९, १३ : ५५
बिहीबार, २६ साउन २०७९

सर्लाही र बारामा डुबेर २ जनाको मृत्यु भएको छ । सर्लाहीको मलंगवा नगरपालिका–५ भाँडसरस्थित सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ माइती घर बस्दै आएकी २१ वर्षीया अर्चना यादवको बुधबार दिउँसो मृत्यु भएको छ । 

बाराको कलैया उपमहानगरपालिका–१२ धर्म नगरस्थित नहरको पानीमा डुबेर भारत विहार मोतिहारी अरेराज बस्ने लिलादेवीकी छोरी १८ महिनाकी सुरजीकुमारी मलिकको बुधबार मृत्यु भएको छ । 

डुबेर अशक्त भएकी उनको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि एनएमसी अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप