बिहारमा भाजपासँग सहकार्य तोडेको आरोपमा नितिशकुमारले के भने ?
बिहारका मुख्यमन्त्री नितिशकुमारले अस्ति भाजपासँगको सत्ता गठबन्धन टुटाए र राज्यका बाँकी दलको समर्थनमा हिजो पुनः नयाँ सरकार गठन गरेका छन् । यस कदमबाट रुष्ट भएको भाजपा नेताले नितिश कुमारमाथि विभिन्न आरोप लगाइरहेका छन् । पार्टीका एक नेता सुशीलकुमार मोदीले नितिशकुमारले देशको उपराष्ट्रपति बन्न नपाएको झोकमा भाजपासँग छुट्टिएको आरोप लगाए ।
सुशीलको यस भनाइप्रति प्रतिक्रिया दिने क्रममा नितिशले यो झुटो दावी भएको बताए । बिहीबार पटनामा पत्रकारहरूले नितिशकुमारसँग ‘भाजपाले नयाँ सरकारको आयु ६ देखि ८ महिनाको तोकेको छ, योभन्दा बढी अहिलेको सरकार टिक्न नसक्ने भाजपाको दाबीबारे के भन्नुहुन्छ’ भन्ने प्रश्न गरेका थिए ।
जवाफमा नितिशकुमारले भने –‘जसको दिमागमा जे आउँछ त्यही बोलिरहेका छन् । एक जनाले मेरो बारेमा के भने देख्नुभएन, मैले उपराष्ट्रपति बन्न चाहेको रे । यो कस्तो मजाक हो ?’ बुधवार भाजपा नेता सुशीलकुमार मोदीले ‘नितीशकुमार देशको उपराष्ट्रपति बन्न चाहन्थे । उनका दलका धेरै नेताहरूले भाजपाका मन्त्रीहरूलाई यो कतिको सम्भव भएको सोधेका थिए ।’
यता नितिशकुमारले पत्रकारसँग बोल्ने क्रममा भने, ‘यो विल्कुलै झुटो कुरा हो । मेरो राष्ट्रपति वा उपराष्ट्रपति बन्ने कुनै चाहना थिएन । राष्ट्रपति र उपराष्ट्रपति दुवैको चुनावमा हाम्रो पार्टीले तिनलाई समर्थन गरेको अहिले तिनले बिर्सिए चुनाव लगतैपछि हाम्रो पार्टीले बैठक गरेकोले उनीहरुले बाहनामा पाएका छन् । सायद ती व्यक्तिलाई तिनको पार्टी नेतालाई देखाउन पनि म विरुद्ध विषवमन गर्नुछ होला । ठिकै छ, म विरुद्ध बोलेको कुराले तिनले महत्वपूर्ण पद पाउन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि