शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिकित्सकका लागि सामाजिक सञ्जाल प्रयोगबारे आचारसंहिता :  बिरामीको परिचय खुलाउन नपाउने

बिहीबार, २६ साउन २०७९, १३ : १७
बिहीबार, २६ साउन २०७९

नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यम प्रयोग संहिता सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चार माध्यम उपयोग आचारसंहिता २०७९ सार्वजनिक गरेको छ । काउन्सिलमा दर्तावाल चिकित्सकले नेपाल काउन्सिलमा दर्ता रहेका बाहेकका उपाधि प्रयोग गर्न  गराउन नपाउने भएका छन् ।

यस्तै, सामाजिक सञ्जालमा कुनै पेसागत विवरण राखेमा काउन्सिल दर्ता प्रमाणपत्रमा उल्लेखित उपाधि मात्र लेख्न पाइने आचारसंहितामा उल्लेख गरिएको छ ।  यस्तै, सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चार माध्यममा लेख्दा लेख्दा तथ्यपरक सान्दर्भिक विषयवस्तु मात्रा राख्नुपर्ने आचारसंहितामा जनाइएको छ ।

नेपालमा कोरोना महामारी सुरु भएयता विषय विशेषज्ञभन्दा बाहिरका चिकित्सक बोल्ने र लेख्ने प्रवृत्ति बढेको थियो । उपचारजन्य कुनै पनि जानकारी दिएको खण्डमा वैज्ञानिक रूपमा स्थापित तथ्यमा  लेख्न पाइने र सम्भव भएसम्म उक्त तथ्यको पछिल्लो सन्दर्भ सामाग्री उल्लेख गर्नुपर्ने आचारसंहितामा उल्लेख गरिएको छ ।

यस्तै, बिरामीको परिचय खुल्नेगरि कुनै पनि  उपचारजन्य भिडियो र तस्बिर सामाजिक सञ्जालमा राख्न नपाइने उल्लेख गरिएको छ । अबदेखि अनलाइन परामर्शमा समेत कानुनी पक्ष आकर्षित हुने भएकाले अनिवार्य रूपमा लिखित अभिलेख राख्नुपर्ने हुन्छ । यस्तै, अनलाइन परामर्श तथा सुझाव प्रदान गर्दा कुनै पनि रोगको निदान तथा उपचार असहज हुने देखिएमा अनिवार्य रूपमा बिरामीलाई भौतिक चेकजाँच गरेर मात्र उपचारजन्य सुझाव तथा सल्लाह  दिनुपर्ने आचारसंहितामा उल्लेख गरिएको छ ।

कुनै पनि समस्याका बारेमा अनलाइन छलफल गर्दा आफ्नो धारणा प्रकट गर्न पाइने छ । तर, अन्य व्यक्ति तथा संस्थाका धारणाहरूको आलोचना गर्दा तथ्यपरक ज्ञान तथा जानकारी आवश्यक पर्छ । यद्यपि आलोचनात्मक अभिव्यक्तिमा समेत अपमानजनक शब्द प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप