बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

वर्षमा पौने चार अर्बको विदेशी रक्सी पिउँछन् नेपाली

बिहीबार, २६ साउन २०७९, १३ : ०५
बिहीबार, २६ साउन २०७९

नेपालमा एक वर्षको अवधिमा पौने चार अर्ब रुपैयाँको विभिन्न प्रकारका विदेशी मदिरा भित्रिएको पाइएको छ ।  भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८–७९ को अवधिमा उक्त मूल्य बराबरको मदिरा नेपालले विभिन्न देशबाट आयात गरेको हो । 

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा ३ अर्ब ७१ करोड १५ लाख १६ हजार रुपैयाँको विदेशी मदिरा नेपाल भित्रिएको विभागले जनाएको छ ।  सो अवधिमा उक्त मूल्यमा ६७ लाख ७८ हजार ३७१ लीटर विभिन्न प्रकारका विदेशी मदिरा नेपाल भित्रिएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा भन्दा वर्ष २०७८–७९ मा १ अर्ब ६ करोड ८ लाख ५ हजार रुपैयाँ बढीको विदेशी मदिरा नेपालले आयात गरेको छ ।  अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा २ अर्ब ६५ करोड ७ लाख ११ हजार रुपैयाँको ६१ लाख ५६ हजार ३३८ लिटर विदेशी मदिरा नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।

गत आर्थिक वर्ष २०७८–७९ मा २ अर्ब ३७ करोड ५६ लाख ७ हजार रुपैयाँको ह्विस्की, ३८ करोड १ लाख ९९ हजार रुपैयाँको वाइन, १ करोड २५ लाख ९० हजार रुपैयाँको जिन र  १ करोड २८ लाख ८६ हजार रुपैयाँको भोड्का नेपालले आयात गरेको छ । 

बेल्जियम, चीन, जर्मनी, भारत, आयरल्याण्ड, सर्विया, सिंगापुर, अष्ट्रेलिया, चिली, इटाली, जापान, दक्षिण अफ्रिका, स्पेन, अमेरिका, अर्जेन्टिना, फ्रान्स, भियतनाम, आयरल्याण्ड, पोर्चुगल, न्युजिल्याण्ड, साउदी अरेबिया, बेलायत, ब्राजिल, नेदरल्याण्ड्स, स्वीडेन, मेक्सिको, पोल्याण्ड लगायतका देशबाट नेपालमा विभिन्न प्रकारका मदिरा आउने गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप