सुटिङको क्रममा तब्बु घाइते

बलिउड अभिनेत्री तब्बु बुधबार आफ्नो आगामी चलचित्र भोलाको सुटिङको क्रममा घाइते भएकी छन् । भोलामा तब्बुले उच्च प्रहरी अफिसरको भूमिका निर्वाह गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार एउटा दृश्यमा एक्सन गर्दा उनलाई चोट लागेको हो ।
रिपोर्टका अनुसार तब्बु हैदरावादको भोलाको एक दृश्यका लागि जङ्गलमा ट्रक चलाइरहेकी थिइन् । मोटरसाइकलमा केही गुण्डाहरू उनको पछि लागिरहेका हुन्छन् । सो क्रममा ट्रकसँग मोटरसाइकल ठोक्किएको थियो । टक्करपछि सिसा फुट्दा त्यसको टुक्रा तब्बुको आँखामा परेको थियो । फिल्मको सेटमा उपस्थित स्वास्थ्यकर्मीले चोट धेरै गम्भीर नभएको बताएका छन् ।
तब्बुलाई चोट लागेपछि फिल्मका निर्देशक अजय देवगनले भोलाको सेटबाट उनलाई डिस्चार्ज गरेका छन् । अजयको फिल्ममा तब्बु प्रहरी अफिसरको भूमिकामा देखिने यो पहिलो पटक भने होइन । यसअघि उनी ‘दृश्यम’ मा पनि उनी प्रहरी अधिकारीको भूमिकामा देखिएकी थिइन् । भोला साउथको फिल्म कैथीको हिन्दी रिमेक हो ।
शिल्पा पनि घाइते
हालै अभिनेत्री शिल्पा शेट्टी पनि आफ्नो आगामी वेब शो इन्डियन पुलिस फोर्सको सुटिङका क्रममा घाइते भएकी थिइन् । एक एक्सन दृश्यको सुटिङका क्रममा उनको खुट्टा भाँचिएको थियो । यसको जानकारी शिल्पा आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट दिएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताअनुसार सेवा सुविधा नदिने मेनपावर कम्पनीहरूलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण
-
संशोधनकर्ता दोङ छलफलमा अनुपस्थित
-
रामेछाप लिखु तामाकोसी गाउँपालिकामा गाडी दुर्घटना, ८ जना घाइते
-
इराकमा मृत्यु भएकी नेपाली महिलाको शव स्वदेश ल्याउन पहल गर्न माग
-
पप सम्राट ओमविक्रम विष्ट अस्पताल भर्ना
-
स्ववियु निर्वाचन : आफ्नै प्रतिबद्धता बिर्सिएका विद्यार्थी संगठन, हार्ने कलेजमा तालाबन्दी