बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इलाका प्रहरी कार्यालय बनेपामा डीएसपी राख्ने निर्णय

बिहीबार, २६ साउन २०७९, १२ : ४७
बिहीबार, २६ साउन २०७९

काभ्रेको बनेपास्थित इलाका प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षक (डीएसपी) राख्ने निर्णय गरिएको छ । इन्स्पेक्टरको दरबन्दी भएको सो इलाकामा प्रहरी प्रधान कार्यालयले डीएसपीलाई काजमा खटाउने निर्णय गरेको हो ।

बनेपामा डीएसपी रेशम बोहरालाई काज सरुवा गरिएको छ । बोहरासँगै प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले ८ जना डीएसपीको काज सरुवा गरेका छन् । बिजयराज पण्डितलाई जिल्ला प्रहरी कार्यालय चितवन, गोविन्द पन्थीलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, अञ्जना श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा र बिजय श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा काज सरुवा गरिएको छ ।

साउन २४ मा १३१ जना डीएसपीको सरुवा भएको थियो । सरुवा हुनासाथ पुनः ८ जना डीएसपीको काज सरुवा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप