सिट बाँडफाँटमा नेकपा समाजवादी बटमलाइन : २० प्रतिशत नछोड्ने
सिट बाँडफाँटका लागि बनेको पाँच दलीय सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदलको बैठक बिहीबार दिउँसो बस्दैछ । बैठकमा दलका नेताहरुले आ–आफ्नो पार्टीका तर्फबाट सिट बाँडफाँडको मोडालिटी र आधार पेश गर्दैछन् ।
गठबन्धनमा रहेको तेस्रो ठुलो दल नेकपा एकीकृत समाजवादीले कार्यदलको आजको बैठकमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २० देखि २५ प्रतिशत सिट दाबी गर्ने भएको छ । यो आधारमा उसले १६५ सिटमा २० प्रतिशतको हिसाव निकाल्दा हुँदा ३२ सिटमा दाबी गर्नेछ भने २५ प्रतिशत हुँदा ४२ सिटमा दाबी पेश गर्ने भएको छ । सोही अनुसार उसले प्रदेशतर्फ पनि सिटको दावी गर्ने तयारी गरेको नेताहरुको भनाइ छ ।
‘हामीसँग अहिले २४ जना संघीय सांसद छन् । प्रदेशमा ६० जना छन् यो हिसाबमा ८४ सांसद हुन्छ । यसमा केही थप हुनुपर्छ, जबकी ९० देखि सय जना हाम्रा सांसद हुनुपर्छ’ नेकपा समाजवादीका एक पदाधिकारीले भने,‘गठबन्धन गरेपछि अहिलेको यो संख्या घट्ने अवस्थामा हामी सहमति गर्दैनौं’
उनले बुधबार बसेको केन्द्रीय सचिवालय बैठकमा पनि सोही अनुसार प्रस्ताव लैजाने सहमति भएको बताए । ती नेताका अनुसार प्रत्यक्ष निर्वाचित सांसद, स्थानीय तहमा निर्वाचित भएको पालिका र व्यक्तित्वको आधारमा सिट बाँडफाँड गर्नुपर्ने पार्टीको प्रस्ताव हुनेछ ।
उपमहासचिव समेत रहेका नेता जगन्नाथ खतिवडाले सिट बाँडफाँटमा पार्टीको स्पस्ट धारणा रहेको बताए । उनले भने, ‘हामी प्रतिगमनकारी शक्तिलाई पराजित गर्नदेखि यो सरकार र गठबन्धन निर्माणमा महत्वपुर्ण भुमिका खेल्ने शक्ति हौ । सोही अनुसार हाम्रो अवको चुनावका लागि हुने सिट बाँडफाँटमा हाम्रो बटमलाईन पेश हुन्छ ।’
बुधबार बसेको सचिवालय बैठकले उम्मेदवारीको मापदण्ड र छनोट विधिबारे प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यदलका सदस्यसमेत रहेका बेदुराम भुसाल र प्रमेश हमाललाई दिएको थियो । नेता खतिवडाले कुन कुन स्थानमा दावी गर्ने भन्ने हिसाव भइनसकेको पनि बताए । ‘कुन कुन क्षेत्र भन्ने अझै अध्ययनको विषय छ । तर त्यो हिसाव पनि जिम्मेवारी पाएका नेताहरुले तयार पार्नुभएको होला’, उनले भने, ‘विगतका निर्वाचन र परिणामलाई मुख्य आधारका रूपमा लिन सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी, पाल प्रथम
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण