मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

भक्तपुरमा आजै मनाइयो जनैपूर्णिमा

बिहीबार, २६ साउन २०७९, १२ : २८
बिहीबार, २६ साउन २०७९

भक्तपुरमा आज (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइएको छ । यसवर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो । 
भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ, सोही दिन सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलन छ । तिथि घटबढका कारण कुनै दुई तिथि एकै दिन परे तलेजुका मुल पुरोहित, राजोपाध्याय एवं पुजारीहरु कर्माचार्य र जोशीहरुले आपसमा ज्योतिष विज्ञानको आधारमा छलफल गरी चाडपर्व मनाउने प्रचलन छ । 

सोहीअनुसार भक्तपुर नगरपालिकाले तलेजुका मुल पुजारी र पुजारीहरुसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने जनाएको थियो । आज (बिहीवार) जनैपूर्णिमा मनाइएको छ भने भोलि गाईजात्रा मनाइनेछ  । भक्तपुरमा आजै जनै लगाउने, रक्षा बन्धन बाँध्ने र क्वाँटी खाएर जनैपूर्णिमा मनाउने छ । 

आज विहानैदेखि पुरोहितसँग रक्षा बन्धन र नयाँ जनाइ लगाउने परम्परा छ । जनैपूर्णिमाको दिन रक्षा बाँध्दा नकारात्मक तत्वबाट सुरक्षा प्रदान हुने विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी कवचको रुपमा घेरेर राख्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिएका, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप